सिंहदरवारमा तीन दलको बैठक: अवरुद्ध संसद खुलाउने विषयमा छलफल

Byन्यूज स्रोत

२०८० जेष्ठ १३, शनिबार ०३:४१ गते २०८० जेष्ठ १३, शनिबार ०३:४१ गते २०८० जेष्ठ १३, शनिबार ०३:४१ गते

काठमाडौं, १३ जेठ । अबरुद्ध संसद सुचारु गर्ने बिषयमा प्रमुख तीन दल छलफलमा जुटेका छन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शिर्ष नेतासहित प्रमुख सचेतकहरुको सहभागिता रहेको छ ।

नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले ओली सरकारमा पशुपतिनाथमा राखिएको सुनको जलहरीमा अनियमितता भएको र त्यसमा ओलीको संलग्नता रहेको भन्दै बिषय उठाएपछि एमालेले सो बिषयमा माफी माग्नु पर्ने तथा छानबिन गर्नुपर्ने माग राखेको थियो ।

माओवादीले अनावश्यक आरोप लगाएको भन्दै एमालेले संसद अबरुद्ध गरेपछि हिजो २० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नै हुन सकेन । बैठक आज ४ बजेका लागि बोलाईएको छ ।

सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसुची भए पनि एमालेको अबरोधका कारण हिजो सम्भव हुन सकेको थिएन ।

आज अबरुद्ध संसद खुलाउनका लागि कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालसहित बैठक सुरु भएको हो ।