कृषकका मुद्दामा आज किसान संघले प्रदर्शन गर्ने

Byन्यूज स्रोत

२०८० जेष्ठ १२, शुक्रबार ०२:४४ गते २०८० जेष्ठ १२, शुक्रबार ०२:४४ गते २०८० जेष्ठ १२, शुक्रबार ०२:४४ गते

काठमाडौं, १२ जेठ । नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी किसान संघले आजथ काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

कृषकहरुलाई सहुलियत पुर्ण ऋण, कृषी बिमा, प्राकृतिक क्षतिपुर्तिको ब्यवस्था, उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउनु पर्नेलगायत माग राखी सरकारलाई खबरदारी गर्न काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो ।

नेमकिपा निकट किसान संगठनले जुलुसमा सहभागी भई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ । सो जुलुस दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुनेछ ।