रौतहट, ११ जेठ । रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ ।

देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको प्रहरीको भनाइ छ ।

बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा एक किलोमिटर टाढा भेटिएको थियो ।

टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तैयबलाई घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.