अनलाइनबाट नाबालिकालाई शोषण गरी चरित्रहत्या गर्ने पोखराका युवक पक्राउ

Byन्यूज स्रोत

२०८० जेष्ठ १०, बुधबार ०९:५८ गते २०८० जेष्ठ १०, बुधबार ०९:५८ गते २०८० जेष्ठ १०, बुधबार ०९:५८ गते

पोखरा, १० जेठ ।  नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार नाबालिकामाथि अनलाइनबाट शोषण र दुर्व्यवहार गरेको आरोपमा  पोखरा महानगरपालिका-१९ पुरनचौरका २१ वर्षीय मनीष भुजेल पक्राउ परेका हुन् ।

साइबर व्यूरो काठमाण्डौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई  पोखराबाट पक्राउ गरेको हो ।

भुजेलले सामाजिक सञ्जाल ईस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग अश्लील कुराकानी तथा भिडियो च्याट गरी सो कार्यको स्क्रिन रेकर्ड गरेर पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव दिनुका साथै चरित्रहत्या गरेपछि प्रहरीमा उजुरी परेको थियो ।

पीडितलाई धम्कीपूर्ण म्यासेज पठाउने र पीडितकी आमालाईसमेत विभिन्न अनर्गल कुराकानीहरू गरी म्यासेज पठाएर  दु:ख दिने र  बेइज्जत गर्ने कार्यमा भुजेल संलग्न रहेको प्रहरीको भनाई छ ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।