मृत भेटिएका अभिनेता आदित्यको रुमवाट ‘शंकास्पद औषधी’ भेटियो

Byन्यूज स्रोत

२०८० जेष्ठ १०, बुधबार ०३:०५ गते २०८० जेष्ठ १०, बुधबार ०३:०५ गते २०८० जेष्ठ १०, बुधबार ०३:०५ गते

मुम्बई । बलिउड अभिनेता तथा माेडल आदित्य सिंह राजपुतको पोस्टमार्टम सम्पन्न भएको छ ।

पोष्टमार्टममा संलग्न डाक्टरले उनको मृत्युको कारण देखाउने रिपोर्ट भने अझै गोप्य राखेका छन, उनले त्यो रिर्पोट सार्वजनिक गर्न तत्कालका लागि अस्विकार गरेका छन् ।

तर, मृतक राजपुतको भिसेराको नमूना फरेन्सिक परीक्षणका लागि पठाइएको छ ।

उनको निवासबाट केही औषधि पनि बरामद भएको छ, जसलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

पोष्टमार्टम सम्पन्न भएसँगै अभिनेता राजपुतको शव उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।

उनको ओशिवारा श्मशान स्थलमा उनको अन्तिम संस्कार गरिएको मुम्बई पुलिसले जनाएको छ ।

उनका साथीहरुले उनलाई मे २१ मा मृत अवस्थामा उनको अपार्टमेन्टमा भेटेका थिए । त्यसपछि बिभिन्न अडकालबाजीका बिचमा उनको मृत्यु शंकास्पद मान्दै आईएको छ ।