नवनियुक्त मन्त्रीहरुको सपथ आज

Byन्यूज स्रोत

२०८० जेष्ठ १०, बुधबार ०२:५० गते २०८० जेष्ठ १०, बुधबार ०२:५० गते २०८० जेष्ठ १०, बुधबार ०२:५० गते

काठमाडौं, १० जेठ । पुष्पकमल दाहाल प्रचण्ड सरकारमा नवनियुक्त मन्त्रीहरुको आज पद तथा गोपनियताको सपथ हुदैँछ ।

राष्ट्रपति निवास, शितलभवनमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनियताको सपथ ग्रहण हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार सपथ ग्रहण बिहान १० बजे हुनेछ ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए ।