भुटानी शरणार्थी प्रकरण: खाँण र रायमाझीलाई म्याद थप गरिँदै

Byन्यूज स्रोत

२०८० जेष्ठ ९, मंगलवार ११:२४ गते २०८० जेष्ठ ९, मंगलवार ११:२४ गते २०८० जेष्ठ ९, मंगलवार ११:२४ गते

काठमाडौं, ९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा ल्याइएको छ ।

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

काठमाडौं प्रहरी परिसरले रायमाझी, खाँणसहित ३३ जनाविरुद्ध मुद्दा चलाउन अध्ययन प्रतिवेदनमार्फत सरकारी वकिललाई सिफारिस गरिसकेको छ ।