राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

Byन्यूज स्रोत

२०८० जेष्ठ ९, मंगलवार ११:१२ गते २०८० जेष्ठ ९, मंगलवार ११:१२ गते २०८० जेष्ठ ९, मंगलवार ११:१२ गते

काठमाडौं, ९ जेठ । राष्ट्रियसभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

गत शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उक्त नीति तथा कार्यक्रममाथि आइतबार, सोमबार र मंगलबारको छलफलपछि राष्ट्रियसभाले बहुमतले पारित गरेको हो ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा नीति तथा कार्यक्रममाथि सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई बैठकमा सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

बैठकले उक्त नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको सभा अध्यक्ष तिमिल्सिनाले घोषणा गरे ।

यसअघि सोही बैठकले उक्त नीति तथा कार्यक्रममाथि हालेको तीनवटा संशोधन प्रस्तावलाई अस्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक जेठ १४ गते १ बजेर १ मिनेटमा बस्नेछ ।