मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

Byन्यूज स्रोत

२०८० जेष्ठ ९, मंगलवार ०८:२४ गते २०८० जेष्ठ ९, मंगलवार ०८:२४ गते २०८० जेष्ठ ९, मंगलवार ०८:२४ गते

जनकपुरधाम, ९ जेठ । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार यादव हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

मुख्यमन्त्री यादवले आज कांग्रेसका दुई जना र एकीकृत समाजवादीबाट एकजना समेटेर  मन्त्रिपरिषद विस्तार गरेसँगै माओवादी रुष्ट बनेको हो ।

यादवले कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्  ।

एकीकृत समाजवादीबाट  गोविन्द न्यौपाने मन्त्री नियुक्त भएका छन् ।