पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

Byन्यूज स्रोत

२०८० जेष्ठ ९, मंगलवार ०३:२९ गते २०८० जेष्ठ ९, मंगलवार ०३:२९ गते २०८० जेष्ठ ९, मंगलवार ०३:२९ गते

पोखरा, ०९ जेठ ।  पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

हल्लनचोकबाट गैह्राको चौतारा तर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको हो ।

गए राति १:१० बजेको समयमा भएको दुर्घटनामा गम्भीर घाइते भएका खतिवडालाई उपचारको लागी मेट्रोसिटी अस्पतालमा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी  श्रवण कुमार विकले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक तनहुँ म्याग्दे -४ थर्पु का १७ वर्षीय संगम बानियाँ घाइते भएका छन् । उनको टाउको र घाटीमा चोट लागेको अवस्थामा उद्धार गरी मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।