नीति तथा कार्यक्रम माथि आज पनि छलफल जारी रहने

Byन्यूज स्रोत

२०८० जेष्ठ ८, सोमबार ०२:२० गते २०८० जेष्ठ ८, सोमबार ०२:२० गते २०८० जेष्ठ ८, सोमबार ०२:२० गते

काठमाडौं, ८ जेठ । सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी रहने भएको छ ।

गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।

हिजो देखी सुरू भएकाे छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।

आज पनि सोही नीति तथा कार्यक्रम माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ ।