नीति तथा कार्यक्रममा ठोसकुरा नभएको रास्वपाको आरोप

Byन्यूज स्रोत

२०८० जेष्ठ ५, शुक्रबार १३:४० गते २०८० जेष्ठ ५, शुक्रबार १३:४० गते २०८० जेष्ठ ५, शुक्रबार १३:४० गते

काठमाडौं, ५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ठोस कुरा नभएकाले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ठोस कुरा केही पनि नसमेटिएको बताए ।

यसबारे सदनमा छलफल हुने उनको भनाइ छ । ‘आजको अवस्थालाई ठोस रुपमा सम्बोधन गर्नेगरी नीति कार्यक्रम आएको छैन । यसमा सैद्धान्तिक छलफल गर्न आवश्यक छ,’ उनले भने ।