पोखरामा नगरबसको ठक्करबाट एकको मृत्यु

Byन्यूज स्रोत

२०८० जेष्ठ ४, बिहीबार १४:४३ गते २०८० जेष्ठ ४, बिहीबार १४:४३ गते २०८० जेष्ठ ४, बिहीबार १४:४३ गते

पोखरा, ०४ जेठ ।  पोखरामा नगरबसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ ।

बिहीबार दिउसो २:४० बजे पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको भित्रि सडक खण्डमा भएको दुर्घटनामा पोखरा २५ हेमजाका ४६ वर्षीय तुलसीप्रसाद त्रिपाठीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता, डीएसपी श्रवण कुमार विकका अनुसार ग १ ख ३२८७ नम्बरको नगरबसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा सोही स्कुटरमा सवाररत हेमजाका २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते बाबु छोरा हुन् ।

प्रहरीले सवारीचालक र सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।