तनहुँ, ४ जेठ । २० बर्ष अघि जबरजस्ती करणी गरेको घटनालाई लिएर तनहुँमा हालै एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार व्यास नगरपालिका–२ उत्तरशिलाका ४८ वर्षीय विनोद शाक्य २० बर्ष पछि पक्राउ परेका हुन् ।
प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार २० बर्ष पछि शाक्यलाई उनकै घरवाट पक्राउ गरी जिल्ला कारागार पठाईएको छ । उनका अनुसार जिल्ला अदालत तनहुँले २०६० असोज २८ गतेको गरेको फैसला अनुसार उनलाई ५ वर्ष कैद सजायँ तोकेको थियो ।
तर, सो सजायँ तोकेको भए पनि उनी भने २० बर्ष देखी फरार रहदैँ आएका थिए ।
ट्रेन्डिङ न्यूज
Copyright © 2023 News Srot. All Rights Reserved.