निर्वाचनपछि आज पहिलोपटक प्रतिनिधिसभाका १० वटै बिषयगत समितिको बैठक बस्दै

Byन्यूज स्रोत

२०८० जेष्ठ २, मंगलवार ०२:११ गते २०८० जेष्ठ २, मंगलवार ०२:११ गते २०८० जेष्ठ २, मंगलवार ०२:११ गते

काठमाडौं, २ जेठ । आजवाट संघीय संसद अन्तर्गतकाका बिषयगत समितिहरु क्रियाशिल हुने भएका छन् ।

जसअनुसार संघीय संसद सचिवालयले आज १० वटै बिषयगत समितिको बैठक एकै पटक बोलाएको छ । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजे बस्नेछ ।

गत मंशिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म बिषयगत समितिका बैठक सुरु हुन सकेको छैन । अघिल्लो अधिवेसनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा बिषयगत समितिमा रहने सदस्यहरु मनोनयन भए पनि अझैसम्म बैठक बस्न भने सकेको थिएन ।

जेष्ठ सदस्यले अध्यक्षता गर्ने आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल गर्ने बुझिएको छ ।

समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रुपमा परिचय आदान प्रदान हुने र समितिमा आगमी दिनमा हुने छलफल र अजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराउने कार्यसूची रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।