काठमाडौं, ३० वैशाख । तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठक केही महत्वपूर्ण निर्णय गर्दै सकिएको हो ।

एमालेले वर्षैभरि केन्द्रीय सदस्यलाई मिसन ग्रासरूटकै भूगोलमा खटाउने निर्णय गरेको छ । पार्टी गतिविधिलाई थप रचनात्मक, सिर्जनात्मक बनाउने र मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन केन्द्रीय सदस्यलाई ग्रासरुटमा पठाउने भएको उपमहासचिव पृथ्वी सुब्बा गुरूङले बताए ।

एमालेले सूचना पाएर पनि तीनवटा पार्टी बैठकमा उपस्थित नहुने सदस्यलाई कमिटीबाटै हटाउने निर्णय गरेको छ ।  बैठकले लगातार तीन बैठकमा उपस्थित नहुने सदस्यलाई हटाउने निर्णय गरेको गुरुङले बताए ।

ठूलो कमिटीलाई छरितो बनाउनका लागि पदाधिकारी बाहेकको नयाँ सदस्य नथप्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष निकालेका थिए । कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए ।

पार्टीमा युवा पुस्ताको आकर्षण बढाउन, बाबुआमा एमालेमा प्रतिबद्ध हुने, छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस् भनेर छोराछोरी अभियान चलाउन लागिएको एमाले जनाएको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.