हिउँपहिरोमा परी बेपत्ता भएका युवकको शव भेटियो

Byन्यूज स्रोत

२०८० बैशाख ३०, शनिबार ०८:३७ गते २०८० बैशाख ३०, शनिबार ०८:३७ गते २०८० बैशाख ३०, शनिबार ०८:३७ गते

म्याग्दी, ३० बैशाख । विगत ७ महिनादेखि बेपत्ता भएकाको शव धौलागिरि हिमालमा फेला परेको छ ।

म्याग्दीको धवलागिरि गाउँपालिका –४ स्थित धौलागिरीमा ७ महिना पुरानो शव फेला परेको हो ।

सो फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा–१ का २७ वर्षीय देव लामा रहेको पुष्टी भएको छ ।

नेपाली सेनाका दुईजना र लामाका आफन्त एकजनासहित इन्द्रसिंह शेरचनसहितको टोलीले उक्त शव फेला पारेको हो ।

उनीहरुले पाँचहजार मिटर उचाईमा रहेको फ्रेन्च पास आधार शिविरमा सो शव फेला पारेका थिए ।

फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत् विदेशी पर्यटक लिएर गत असोज २० गते धौलागिरि आधार शिविर पुगेका लामा अचानक आएको हिउँपहिरोमा परी बेपत्ता भएका थिए ।