भ्रष्टचारविरुद्ध नेपालका प्रमुख शहरमा प्रदर्शन हुदैँ

Byन्यूज स्रोत

२०८० बैशाख ३०, शनिबार ०३:२७ गते २०८० बैशाख ३०, शनिबार ०३:२७ गते २०८० बैशाख ३०, शनिबार ०३:२७ गते

काठमाडौं, ३० बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै आज देशैभरी प्रदर्शन हुने भएको छ ।

‘भ्रष्टचार बिरुद्ध हामी’ भन्ने अभियान अन्र्तगत आज काठमाडौंमा र बिभिन्न नागरिक समाजले देशैभरी प्रदर्शन गर्न लागेका हुन ।

अपरान्ह १२ः३० बजे नारायण चौर नक्सालमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहितको उपस्थितिमा बृहत प्रदर्शन हुदैँछ ।

‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो। त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यहि कार्यक्रममा सहभागी हुदैछु । राम्रो काम जसले गरेपनि सघाउनु पर्छ। देश भर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनु होला। भ्रस्टाचार विरुद्ध एक हौं,’ लामिछानेले भनेका छन् ।

यसैगरी, नेपालका प्रमुख शहरहरुमा बिराटनगर, पोखरा, हेटौडा, बुटवललगायतमा पनि आज प्रर्दशन हुदैछ ।

अमेरिका पठाई दिने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलीको आरोपमा पुर्व गृहमन्त्री बालकृष्ण खाँडलगायत १२ जना पक्राउ परिसकेका छन् । पुर्व मन्त्री टोपबहादुर रायमाझी भने फरार रहेको अवस्थामा नागरिक समाजका बिभिन्न तप्काले आज प्रदर्शन गर्न लागेका हुन ।

यसअघि बुधबार बृहत् नागरिक आन्दोलनले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको थियो। उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नेताहरूलाई कारबाही गर्न माग गरेका थिए।