गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

Byन्यूज स्रोत

२०८० बैशाख २९, शुक्रबार ११:१३ गते २०८० बैशाख २९, शुक्रबार ११:१३ गते २०८० बैशाख २९, शुक्रबार ११:१३ गते

पोखरा, २९ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख निवासमा नवनियुक्त चार मन्त्रीले शपथ लिएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट बागलुङका दिपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जिसी, र तनहुँका जीतप्रकाश आलेलाई तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए ।

यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो ।

यसअघि केन्द्रले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मन्त्री बनाउने भने पनि उनलाई मन्त्री नबनाए पनि गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि नै मन्त्री बनाउने पक्षमा थिएनन्