ग्याँस लिक हुदाँ खाजा पसलमा आगलागी

Byन्यूज स्रोत

२०८० बैशाख २८, बिहीबार १२:०५ गते २०८० बैशाख २८, बिहीबार १२:०५ गते २०८० बैशाख २८, बिहीबार १२:०५ गते

धनगढी, २८ वैशाख । धनगढीको एक नास्ता पसलमा आगलागी भएको छ ।

धनगढी उपमहानगरपालिका-२ वेस्टर्न कलेज अगाडि रहेको नास्ता पसलमा बिहीबार दिउँसो आगलागी भएको हो ।

राकेश शर्माले सञ्चालन गरेको नास्ता पसलमा ग्याँस लिक भएर आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट फ्रिज, टेबुल, कुर्सी लगाएतका सामान जलेका छन् । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।