काठमाडौं, २६ बैशाख। आजवाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ ।
बिहान ८ बजेवाट १२ बजेसम्म परिक्षा सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष चार लाख ६७ हजारभन्दा बढी बिद्यार्थी परिक्षामा सामेल भएका छन् । र, त्यसका लागि १, ४५३ परीक्षा केन्द्रहरु तोकिएका छन ।
यस अघि कम नम्बर प्राप्त गरेका ५६ हजारभन्दा बढी विद्यार्थी यस वर्ष ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । उनीहरूले जुन-जुन विषयमा कम नम्बर ल्याएका थिए सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिने छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै नन ग्रेडेड विषयको मात्रै परीक्षा दिए पुग्ने भएको हो ।
परिक्षा जेठ ५ गतेसम्म हुनेछ ।
ट्रेन्डिङ न्यूज
Copyright © 2023 News Srot. All Rights Reserved.