पोखरा, २५ वैशाख । पोखरामा सवारी साधन चेकजाचँ गर्ने क्रममा गाँजासहित एक युवक पक्राउ परेका छन् ।

पृथ्बी राजमार्ग सडक खण्डको पावरहाउसमा चेकजाचँ गर्ने क्रममा पोखरातर्फ आउदै गरेको बसमा सवार पोखरा १८ शितलबस्ती बस्ने २५ वर्षीय बसन्त सुबेदी पक्राउ परेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवणकुमार विकका अनुसार प्रहरीले सुबेदीको साथबाट २ किलो ७८२ ग्राम गाँजा र एउटा मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका सुबेदीमाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.