शरणार्थी प्रकरणमा सिआईबीलाई अनुसन्धान गर्न दिऊः एमाले महासचिव पोखरेल

Byन्यूज स्रोत

२०८० बैशाख २५, सोमबार ०४:४६ गते २०८० बैशाख २५, सोमबार ०४:४६ गते २०८० बैशाख २५, सोमबार ०४:४६ गते

काठमाडौं, २५ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणको जिम्मा सिबिआईलाई लगाउनु पर्ने जनाएका छन् ।

नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेको जनाउँदै महासचिव पोखरेलले अनुसन्धान प्रभावकारी बनाउन जोड दिएका हुन ।

‘नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् तर अनुसन्धानको गति धिमा र विवादास्पद बन्दैछ,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन, ‘प्रभावकारी अनुसन्धानका लागि सिविआईलाई जिम्मा लगाउने हो कि ? किनकी दोषि कोही नछुटुन् र निर्दोस कोही नपरुन् भन्नका लागि अनुसन्धान प्रभावकारी हुनु आवश्यक हुन्छ ।’