काठमाडौं, २५ बैशाख । आजदेखि काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार काटने कार्यको सुरु गरिएको छ ।
महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।
आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजवाट तार व्यवस्थापन थालिएको हो ।
जसअनुसार आज बिहानदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रबाट अव्यवस्थित तारलाई हटाएर व्यवस्थित ढंगले टाँग्ने काम सुरु भएको छ ।
ट्रेन्डिङ न्यूज
Copyright © 2023 News Srot. All Rights Reserved.