काठमाडौँ, २१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारमा सहभागी नहुने भएको छ ।
बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय निर्णय गरेको हो ।
रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले अब पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएका छन् ।
पार्टी सभापती रवी लामिछानेको नेतृत्वमा रास्वपा पुस १० गते प्रचण्ड नेतृत्वको गठनबन्धनमा सहभागी भएको थियो । गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको रास्वपा माघ २२ गते सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको थिएन् ।
नागरिकता मुद्दाका कारण रवि लामिछानेले सांसद र गृहमन्त्रालय गुमाएपछि रास्वपाका अरू मन्त्रीसमेत सरकारबाट फिर्ता भएका थिए।
वैशाख १० गते भएको उपनिर्वाचनपछि रास्वपाले पूर्ववत मन्त्रालयहरू पाउनुपर्ने बताउँदै सरकारमा सहभागी हुनका लागि छलफल गर्दै आएको थियो ।