संखुवासभा, २२ वैशाख । संखुवासभामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनमा क्याप्टेनसहित दुईजना घाइते भएका छन् ।
अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन र एकजना स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाइएको जनाइएको छ ।
भोटखोला गाउँपालिका–४ सिब्रुङमा दुर्घटना भएको हो । सो दुर्घटनमा दुईजना घाइते भए पनि हेलिकप्टरमा सवार छिरिङ भोटेको भने सकुशल उद्धार गरिएको छ ।