सरकारमा सहभागीताको विषयमा आज रास्वपाले निर्णय गर्दै

Byन्यूज स्रोत

२०८० बैशाख २२, शुक्रबार ०३:४९ गते २०८० बैशाख २२, शुक्रबार ०३:४९ गते २०८० बैशाख २२, शुक्रबार ०३:४९ गते

काठमाडौं, २२ बैशाख । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिदैँछ ।

आज अपरान्ह बस्न लागेको केन्द्रिय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागितालाई दिएर छलफल गर्नेछ ।

सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसमायिक राजनीतिक बिषय तथा बदलिदोँ राजनीतिक परिस्थीतिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् ।

गत बैशाख १० गते भएको उपनिर्वाचनवाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आए पछि दोस्रो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरिसकेका छन तर रास्वपाले भने अझै ‘ग्रिन सिग्नल’ नदिएको अवस्थामा सो बैठक बस्न लागेको हो ।

सत्तारुढ गठबन्धनले भने रास्वपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री प्रचण्डलाई अधिकार प्रदान गरेको छ ।