हायस र बस आपसमा ठोक्किदा ११ जना घाइते

Byन्यूज स्रोत

२०८० बैशाख २०, बुधबार १३:१९ गते २०८० बैशाख २०, बुधबार १३:१९ गते २०८० बैशाख २०, बुधबार १३:१९ गते

कञ्चनपुर, २० वैशाख । कञ्चनपुरमा हायस र बस एक आपसमा ठोक्किदा ११ जना घाइते भएका छन् ।

जिल्लाको कृष्णपुरनगरपालिका–२ मछेली पुल नजिकै से १ ज ९५४ नम्बर हायस र से १ ख ११९४ बस एकआपस ठोक्किदा १३ जना सामान्य घाइते भएका हुन् ।

बुधबार भएको दुर्घटनामा ११ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।