बसले किचेर बागलुङमा एक पुरुषको मृत्यु

Byन्यूज स्रोत

२०८० बैशाख १७, आईतवार १६:१८ गते २०८० बैशाख १७, आईतवार १६:१८ गते २०८० बैशाख १७, आईतवार १६:१८ गते

बागलुङ, १७ वैशाख । बागलुङमा बसले किचेर एक जनाको ज्यान गएको छ ।

बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कमा आइतबार दिउँसो साढे चार बजे ग १ ख ९६२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

मृतकको पहिचान खुल्न सको छैन । बागलुङबाट पोखरा जानको लागि बस स्टार्ट गरेर अगाडि बढ्दा पछाडीको चक्काले किचेर घाइते भएका पुरुषलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा पुर्‍याएपछि अस्पतालले मृत्त घोषणा गरेको थियो ।

प्रहरीले बसका चालक पर्वत जिल्ला कुश्मा नगरपालिका–१३ का ४२ वर्षीय दल बहादुर सुनार र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।