नेपाल-कुवेतको सेमिफाइनल फेरी रोकियो

Byन्यूज स्रोत

२०८० बैशाख १६, शनिबार १०:०८ गते २०८० बैशाख १६, शनिबार १०:०८ गते २०८० बैशाख १६, शनिबार १०:०८ गते

काठमाडौं, १६ बैशाख । पानी परे पछि पुनः एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण रोकिन पुगेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल यसअघि पनि पानी परे पछि रोकिन पुगेको थियो, जसकाकारण खेललाई ४२ ओभरमा छोट्याइएको थियो ।

नेपालले दिएको २ सय ८२ रनको विशाल लक्ष्य पछ्याईएको कुवेतले ८ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको बखतमा पुनः रोकिन पुगेको हो ।

नेपालका करण केसीले ५ विकेट तथा सोमपाल कामीले एक विकेट लिईसकेका थिए । खेल सुुरु हुने वा नहुने अझै टुंगो छैन ।

खेल सुरु नभएको खण्डमा नेपाल स्वतः बिजयी हुनेछ ।