पोखरा, १५ बैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिदैँछन ।

नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपरान्ह १२ बजे पद तथा गोपनीयताका सपथ लिन लागेका हुन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको सपथ गराउने छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहिवार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री पाण्डेसँग मन्त्रीहरुले पनि सपथ लिन्छन कि लिन्नन भन्ने अझै टुंगो भने लागेको छैन् ।

यद्धपी, मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुका आंकक्षी आफनै पार्टी नेपाली कांग्रेसका सांसद तथा प्रमुख सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् ।

उता, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आजै पद तथा गोपनीयताको सपथ लिदैछन् ।

प्रदेश प्रमुख अमिक शेरचनले वुटवलस्थित कार्यालयमा आज अपरान्ह अपरान्ह १ बजे पद तथा गोपनियताका सपथ गराउँदै छन् ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.