बारा-२ मा उपेन्द्रसँग मतान्तर घटाउँदै शिवचन्द्र

Byन्यूज स्रोत

२०८० बैशाख १२, मंगलवार १४:४४ गते २०८० बैशाख १२, मंगलवार १४:४४ गते २०८० बैशाख १२, मंगलवार १४:४४ गते

वीरगञ्ज, १२ वैशाख । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै लगेका छन् ।

यसअघि करिब पाँच हजार मतले पछि परेका कुशवाहाले अहिले मतान्तर घटाएका छन् ।

ताजा मतपरिणामअनुसार यादव कुशवाहाभन्दा २६६५ मतले मात्रै अघि रहेका छन् ।

यादवले २० हजार ४६३ पाउँदा जनमतका कुशवाहाले १७ हजार ७९८ मतका साथ पछ्याइरहेका छन् ।

एमालेका पुरुषोत्तम पौडेलले ६१२१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४६६ मत ल्याएका छन् ।