काठमाडौं, १२ वैशाख । चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरसहित निर्वाचित भएका छन् ।
आज सम्पन्न मतगणना अनुसार निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठलाई ४३ हजार २५ मतले पछि पार्दै लामिछाने निर्वाचित भएका हुन् ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गर्दा श्रेष्ठले ११ हजार २५१ मत पाए ।
एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।
रवि लामिछानेले यसअघि गत मंसिर ४ गते भएको निर्वाचनमा ४९ हजार ३०० मत पाएका थिए । नागरिकता विवादका कारण सभापति लामिछाने सांसद पदबाट मुक्त भएपछि चितवन २ मा उपनिर्वाचन भएको हो ।