तनहुँ १ मा हार स्वीकार गर्दै भट्टराईले भने ‘आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ’

Byन्यूज स्रोत

२०८० बैशाख ११, सोमबार १५:५१ गते २०८० बैशाख ११, सोमबार १५:५१ गते २०८० बैशाख ११, सोमबार १५:५१ गते

तनहुँ ११ वैशाख, । तनहुँ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनको मतगणना जारी नै रहदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेसँग १० हजार मत अन्तरले पछि परेका उनले मतदाता प्रति आभार व्यक्त गर्दै आफूलाई अब्बल प्रमाणित गर्न नसकेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफुलाई विश्वास गरेर मत दिने र नदिने सबैलाई आभार व्यक्त गरेका हुन् ।

‘मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु । ….साथै, म प्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु,’ भट्टराईले लेखेका छन् ।

चुनावी घरदैलोका क्रममा आफुप्रतिको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी दिलाएको महसुस गरेको उनले बताएका छन् ।

भट्टराईले अघि लेखेका छन्, ‘सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

पदलाई कहिल्यै प्राथमिकतामा नराखेको जनाउदै उनले बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो राजनीतिक यात्राका क्रममा जनतासँगै रहेर काम गरेको बताएका छन् ।

हेर्नुहोस् स्टाटस :