तनहुँ १ मा मतान्तर फराकिलो पार्दै रास्वपा उम्मेदवार स्वर्णिम

Byन्यूज स्रोत

२०८० बैशाख ११, सोमबार १४:०३ गते २०८० बैशाख ११, सोमबार १४:०३ गते २०८० बैशाख ११, सोमबार १४:०३ गते

तनहुँ, ११ बैशाख । तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णि वाग्लेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो विवरण अनुसार वाग्लेले ९ हजार ३४९ मतान्तरसहित अग्रता कायम गरेका छन् ।

४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २६० मत ल्याएका छन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ९११ का साथ उनलाई पछ्याइरहेका छन् ।

नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ५९५ मतसहित तेस्रो स्थानमा छन् ।