बारामा मतगणना सुरु

Byन्यूज स्रोत

२०८० बैशाख ११, सोमबार ०६:५२ गते २०८० बैशाख ११, सोमबार ०६:५२ गते २०८० बैशाख ११, सोमबार ०६:५२ गते

बारा, ११ बैशाख । प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा २ को मतगणना सुरु भएको छ ।

हिजो सम्पन्न उपनिर्वाचनको आज सर्वदलीय बैठक पछि  कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो ।

करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरासमेत जडान गरिएको छ ।

सो क्षेत्रवाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल बिच त्रिपक्षिय प्रतिस्पर्धा हुने मानिएको छ । बारा २ मा ६५ प्रतिशत मत खसेको थियो ।

बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि मैदानमा छन् ।