चितवन-२ मा एक बजेपछि मतगणना हुने

Byन्यूज स्रोत

२०८० बैशाख ११, सोमबार ०६:४७ गते २०८० बैशाख ११, सोमबार ०६:४७ गते २०८० बैशाख ११, सोमबार ०६:४७ गते

चितवन, ११ वैशाख । चितवन-२ मा दिउँसो १ बजेदेखि मतगणना सुरु हुनेभएको छ ।

बिहान बसेको सर्वदलीय बैठकले चितवन क्षेत्र नम्बर २ को उपचुनावको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरेको हो।

नेपाली कांग्रेसका उम्मेदवार जित नारायण श्रेष्ठले सर्वदलीय बैठकमा भएको सहमति अनुसार दिउँसाे १ बजेदेखि मतगणना हुने भएको हो ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभाबी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउनेलगायत सहमति भए पछि मतगणना सुरू हुन लागेको हो ।