तनहुँमा १६ हजार मत गन्दा रास्वपाका वाग्ले ५ हजार मतले अगाडि

Byन्यूज स्रोत

२०८० बैशाख ११, सोमबार ०४:३३ गते २०८० बैशाख ११, सोमबार ०४:३३ गते २०८० बैशाख ११, सोमबार ०४:३३ गते

तनहुँ, ११ बैशाख । तनहुँमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल झन्डै ७ हजार मतले पछि परेका छन् ।

जिल्ला समन्वय समितिको सभाहलमा जारी १६ हजार ३४२ मतगणना सम्पन्न हुदाँ खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भन्दा झन्डै ७ हजार मतले पछि परेका हुन ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार वाग्लेले ९ हजार १९८ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराई ५ हजार ३ सय ९५ मतले पछि परेका छन । बिहान १० बजेसम्म भएको मतगणनामा भट्टराईले ३ हजार ८०३ मत मात्रै प्राप्त गरेका छन् ।