तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेको अग्रता कायम

Byन्यूज स्रोत

२०८० बैशाख ११, सोमबार ००:४६ गते २०८० बैशाख ११, सोमबार ००:४६ गते २०८० बैशाख ११, सोमबार ००:४६ गते

तनहुँ, ११ वैशाख । तनहुँ १ मा भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता कायम गरेका छन् ।

तनहुँमा बिहान ६ बजेसम्म नौ हजार २४६ मत गणना भएकोमा उम्मेदवार वाग्लेले पाँच हजार १९ मत प्राप्त गरेका छन् । सुरुवातदेखि अग्रता लिइरहेका उनले मतान्तर बढाउदै लगेका छन् ।

हालसम्म भएको मतगणनामा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले दुई हजार २५१ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले एक हजार ५४९ मत पाएका छन् ।

बारा र चितवनमा मतगणना सुरु हुन नसके पनि यहाँ भने मध्यरातिदेखि मतगणना सुरु गरिएको थियो ।