काठमाडौं, १० बैशाख । आज भएको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ ।
बारा–२ र चितवन–२ का केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो ।
मतदानका क्रममा बारा जिल्लामा जसपा नेता रामसागर यादव नक्कली मतपत्र सहित पक्राउ परे ।
चितवनको नयाँ किरण माबि भोजाडस्थित मतदानस्थलमा केहीबेर असहज अवस्था देखिएपनि पछि सामान्य भएको थियो ।
चितवनको दुईवटा मतदान केन्द्रमा केही समयका लागि मतदान स्थगित भएर पुनः सुचारु गरिएको थियो ।
यस बाहेक अन्यत्र भने सामान्य रुपमा नै मतदान सम्पन्न भएको छ ।
आज भएको उपनिर्वाचनको मतदान गर्ने समय पाँच बजे सकिएको भएपनि तोकिएको समयभित्र मतदान केन्द्रमा लाइन लागिसकेकाहरूले भने मतदान गरेका छन् ।