नक्कली मतपत्रसहित मतदान केन्द्रबाट जसपाका नेता यादव पक्राउ

Byन्यूज स्रोत

२०८० बैशाख १०, आईतवार ०५:४८ गते २०८० बैशाख १०, आईतवार ०५:४८ गते २०८० बैशाख १०, आईतवार ०५:४८ गते

बारा, १० वैशाख । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।

बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

यसैबीच, बारा- २ का एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनले आफूले विभिन्न स्थानमा यस्तो प्रयास भएको जानकारी आएको बताएका हुन् ।

केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको उनको दावी छ ।