भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेको भनेका अमृतपाल भारत मै पक्राउ

Byन्यूज स्रोत

२०८० बैशाख १०, आईतवार ०३:४३ गते २०८० बैशाख १०, आईतवार ०३:४३ गते २०८० बैशाख १०, आईतवार ०३:४३ गते

नयाँ दिल्ली, १० वैशाख । खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ । मोगा पुलिसले रोडेवाल गुरुद्धारवाट अमृतपालमा गिरफतार गरेको हो ।

पञ्जाब प्रहरीले टविट गरेर यसको जानकारी दिएको हो । सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो ।

पक्राउ परेका उनलाई अमृतसर हुदैँ असमको डिब्रुगढ जेलमा पठाइएको छ ।

‘अमृत पाल सिंह पञ्जाबको मागवाट गिरफतारमा परेका छन, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाईयोस्’ पञ्जाब प्रहरीले भनेकाे छ ।

भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेर बसेको जनाउँदै सिमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने पञ्जाबमा नै पक्राउ परेका हुन ।