तनहुँमा स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउने

Byन्यूज स्रोत

२०८० बैशाख १०, आईतवार ०३:३५ गते २०८० बैशाख १०, आईतवार ०३:३५ गते २०८० बैशाख १०, आईतवार ०३:३५ गते

तनहुँ, १० वैशाख ।  तनहुँको निर्वाचन क्षेत्र १ को उपनिर्वाचनमा मतदान जारी छ  ।

यस क्षेत्रमा भइरहेको उपनिर्वाचनमा उम्मेदवार रहेका नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्लेलाई मुख्य  प्रतिस्पर्धी मानिएको छ ।

नेकपा एमालेका उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेले  तनहुँमा मतदाता नामावलीमा नाम नभएका कारण  मतदान गर्न नपाउने भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास ११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान  गर्दैछन् ।

यस क्षेत्रमा राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार लगायत उम्मेदवार रहेका  छन् ।

गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त सांसद पदपूर्तिका लागि यहाँ आज उपनिर्वाचन गरिएको हो ।