पोखरा, ९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत मागेका छन् ।
सत्ता साझेदार दल माओवादी केन्द्रले अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत मागेका हुन ।
कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए पछि संवैधानिक व्यवस्थाअनुसार ३० दिनमा विश्वासको मत लिनु पर्ने हुन्छ । गत चैत १० गते अधिकारी नेतृत्वको सरकारवाट समर्थन फिर्ता लिदै बाहिरिएको थियो ।
मुख्ख्यमन्त्री अधिकारीले आफूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव राख्ने पत्र बिहीबार नै प्रदेश सभा सचिवालयलाई पठाएका थिए। सोही अनुसार शनिबारको प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन ।
गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद रहेका छन्।