पोखरा, ०७ वैशाख । पोखरामा  ल्याण्डफिल साइटमा फोहोर पुर्ने क्रममा  डोजरले च्यापिदा चालकको मृत्यु भएको छ ।

पोखराको  लामेआहालमा रहेको अस्थायी ल्याण्डफिल साइटमा फोहोर पुर्दापुर्दै ग १ ग १३४ नम्बरको बुल डोजरले च्याप्दा रामबजार निवासी अन्दाजी ६२ वर्षीय  मुसाफिर दासको मृत्यु भएको हो ।

कास्की प्रहरीका अनुसार बिहीबार साँझ सात बजेको समयमा डोजर अनियन्त्रित भएर पल्टिदा मुसाफिरको घटनास्थल मै मृत्यु भएको हो  ।

प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.