पोखरा, ०७ वैशाख । पोखरा महानगरपालिकाको नयाँ ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु भएको छ ।
पोखराको वडा नं. ३२ स्थित लामेआहालमा रहेको ल्याण्डफिल साइटमा फोहोर पुर्ने क्रममा ग १ ग १३४ नम्बरको बुल डोजरले च्यापिदा रामबजार बस्ने अन्दाजी ६२ वर्षका मुसाफिर दासको मृत्यु भएको हो ।
बिहीबार साँझ सात बजेको समयमा डोजर अनियन्त्रित भएर पल्टिदा मुसाफिरको घटनास्थल मै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
पछिल्लो समय पोखरा महानगरपालिकाले बनाएको अस्थायी ल्याडफिल साइटमा थुपारिएको फोहोर पुर्ने काम चालक मुसाफिरले गर्दै आएका थिए ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको उल्लेख गरेको छ ।