काठ्मान्डौ ०४, वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सभापति रवि लामिछानेका चालक छतबाट खसेको घटनामा प्रहरीले चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएको हो।
सँगै सुतेका राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको चितवन प्रहरीले जनाएको छ।
लामिछानेका चालक ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा पचितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा आज बिहान फेला परेका थिए ।
उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।
थापाको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ ।