सेती खोँचमा बच्चा खसेको आशंकामा खोजी सुरु

Byन्यूज स्रोत

२०८० बैशाख २, शनिबार १०:१२ गते २०८० बैशाख २, शनिबार १०:१२ गते २०८० बैशाख २, शनिबार १०:१२ गते

पोखराको सेती खोँचमा बच्चा खसेको आशंकामा खोजी सुरु गरिएको छ । गत १ माघमा यतिको विमान दुर्घटना भएको स्थल नजिकै भीरबाट सेती नदिमा बच्चा खसेको भन्ने जानकारी आएपछि प्रहरी उक्त स्थानमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार बिकले यसको पुष्टि गरे । उनले  भने – ‘हामीलाई सेती खोँचमा बच्चा खसेको जानकारी आयो । टोली परिचालन भइसकेको छ । बच्चा खसेको पुष्टि भइसकेको छैन । पहिले खोजी गरौँ । विस्तृतमा जानकारी आएपछि थप कुरा भन्न सकिनेछ ।’

घटना भएको भनिएको स्थानमा अहिले स्थानीयको भीड लागेको छ ।