विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था गरिनेछ : प्रधानमन्त्री

Byन्यूज स्रोत

२०८० बैशाख २, शनिबार ०७:२१ गते २०८० बैशाख २, शनिबार ०७:२१ गते २०८० बैशाख २, शनिबार ०७:२१ गते

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपाललाई आफू बसेको देशबाट मतदान गर्ने व्यवस्था गरिने बताएका छन् ।

पार्टीको प्रवास समन्वय समितिको शुक्रबार राति भएको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू बसेको देशबाट नेपालीलाई मदाधिकार प्रयोग गर्ने व्यवस्था गर्ने बताएका हुन् ।

प्रवासमा रहेका लाखौं नेपाली मदाधिकारबाट बन्चित रहेकाले अब उनीहरुले आफू बसेकै देशबाट मतदान गर्न पाउने व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।