जनमुखी कानुन निर्माण गर्ने प्रेरणा मिलोस् : सभामुख घिमिरे

Byन्यूज स्रोत

२०८० बैशाख १, शुक्रबार ०१:५० गते २०८० बैशाख १, शुक्रबार ०१:५० गते २०८० बैशाख १, शुक्रबार ०१:५० गते

काठमाडौं, १ वैशाख । सभामुख देवराज घिमिरेले नयाँ वर्षले जनमुखी र प्रगतिशील कानुन निर्माण गर्ने मिलोस् भन्ने कामना गरेका छन् ।

नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले राजनीतिक नेतृत्वले नेपाली जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना र मार्गचित्र निर्माण गरि कार्य प्रारम्भ गर्न जरुरी रहेको बताएका छन् ।

उनले नयाँ वर्षले सबै नेपालीबीच एकता, पारिस्पारिक मेलमिलाप, भाइचारा र साैहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन् ।